सकिन लाग्यो ‘टाइगर ३’ को छायांकन, लगत्तै ‘भाइजान’मा व्यस्त हुनेछन् सलमान

नेपालभ्युज

सकिन लाग्यो ‘टाइगर ३’ को छायांकन, लगत्तै ‘भाइजान’मा व्यस्त हुनेछन् सलमान

काठमाडौं। सलमान खान र कट्रिना कैफको करिअरकै सबैभन्दा लामो अवधिमा सुटिङ भइरहेको ‘टाइगर ३’ छायांकनको अन्तिम चरणमा पुगेको छ।

दुवैले दिल्लीमा १२ फेब्रुअरीबाट फिल्मको अन्तिम शेड्युल शुरु गर्ने जनाएका छन्।

ओमिक्रोनका कारण दिल्लीको तालिका एक महिना पछि सारिएको थियो। अब मुम्बईसहित दिल्लीमा कोरोना संक्रमणमा कमी आएको छ। यस्तो अवस्थामा ठूला बजेटका फिल्मको सुटिङ पनि ट्रयाकमा फर्किन थालेको छ।

‘टाइगर ३’ गत वर्षदेखि लगातार छायांकन भइरहेको छ। ‘टाइगर ३’ को ७ दिन दिल्लीमा सुटिङ हुने जनाइएको छ। ‘टाइगर ३’ को शुटिङ दिल्लीमा ७ दिनसम्म हुनेछ। फिल्मको महत्त्वपूर्ण दृश्य पनि त्यहाँको इम्पेरियल होटलमा सुटिङ गरिने निर्माण पक्षले जनाएको छ। जुन फिल्मको क्लाइमेक्स सिन मानिएको छ।

‘टाइगर ३’ लगत्तै सलमानले कुन फिल्म गर्ने, त्यो भने आधिकारिक रूपमा तय भएको छैन। उनले साजिद नाडियाडवालाको ब्यानरमा ‘भाइजान’ शुरु गर्ने जानकारी आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved