पूर्वी युक्रेनमा ठूलो संख्यामा रुसी सेना तैनाथ गरिएपछि युक्रेन र फ्रान्सबीच फोनवार्ता

नेपालभ्युज

पूर्वी युक्रेनमा ठूलो संख्यामा रुसी सेना तैनाथ गरिएपछि युक्रेन र फ्रान्सबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ।

उनीहरूबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ। शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमबारे कुराकानी भएको बताइएको छ।

समाचारमा जनाइएअनुसार उनीहरूबीच खासगरी पूर्वी युक्रेनमा रुसका कारण उत्पन्न परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ। पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ।

यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरूले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन्। तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाइको खण्डन गरेका छन्। उनले युक्रेनमा हमला गर्ने योजना नरहेको बताइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved