विश्वविख्यात गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार

नेपालभ्युज

विश्वविख्यात गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार

काठमाडौं। विश्वभर खातीप्राप्त गायिका लता मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको छ। मुम्बईको ब्रीज क्यान्डी अस्पतालमा २२ दिनयता उपचाररत गायिका मङ्गेशकरको स्वास्थ्यमा सुधार आएको अस्पताललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ।

८ जनावरीमा कोरोना र निमोनिया भए पनि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको पहिलो दिनदेखि नै उनको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ।

स्वास्थ्यमा सुधार आएसँगै उनको भेन्टिलेटर सहयोग हटाइएको उपचारमा संलग्न डाक्टर प्रतीत समदानीले बताए। तर मङ्गेसकरको स्वास्थ्य निरीक्षणको लागि आइसियुमै राखिएको पनि उनले बताए।

भारतीय सिनेमाको सबैभन्दा प्रसिद्ध गायिका लता मङ्गेशकरले १९४२ मा १३ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन्। उनले अहिलेसम्म ३० हजारभन्दा धेरै गीत रेकर्ड गराएकी छन्। भारतले कला क्षेत्रमा उनको योगदानको लागि भन्दै २००१ म भारत रत्नबाट सम्मान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved