काठमाडौं। स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः शुरु भएको छ।
बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ। पार्टीको काम विशेषले काठमाडौँबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको जनाइएको छ।
आज बिहान बसेको बैठकमा स्थानीय चुनावको मिति तोक्ने विषयमा सहमति जुट्न नसकेपछि बैठक पुन: बस्नेगरी सकिएको थियो।
बैठकमा माओवादी र समाजवादीलाई विश्वासमा लिएर वैशाखमा स्थानीय चुनाव गराउने पक्षमा परिस्थिति बन्ने गरी छलफल भएको बताइएको छ।
Facebook Comment
Comment