१० वर्षमा १० हजारले बढ्यो जुम्लाको जनसंख्या

नेपालभ्युज

१० वर्षमा १० हजारले बढ्यो जुम्लाको जनसंख्या

जुम्ला। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ। विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन्। आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ। सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ।

चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ। त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन्। नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ। यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ। त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन्। गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ।

यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ। पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन्। त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ। पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन्।

पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ। पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन्। पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ। सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ। पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन्। सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ।

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ। पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन्। परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ। तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ। पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन्। परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved