दक्षिण भारतीयसामु कमजोर बन्दै भारतीय सिनेमा

नेपालभ्युज

दक्षिण भारतीयसामु कमजोर बन्दै भारतीय सिनेमा

भारतीय सिनेमा केही वर्षअघिसम्म स्पष्ट रूपमा परिभाषित थियो। बलिउडलाई भारतीय फिल्म इन्डष्ट्रीमा ठूलो मानिन्थ्यो। देशका विभिन्न राज्यहरूमा हिन्दी भाषाका फिल्महरूको बोलबाला थियो। सबैतिर हिन्दी फिल्म नै चल्थे। बलिउडका कलाकार, निर्देशक हाबी थिए।

तर केही वर्ष भयो भारतमा फिल्म हेर्ने र बनाउने अवस्था फेरिएको छ। अब भारतमा हिन्दी फिल्मको बोलबाला घटेको छ। बजेट, पहुँच र विश्वव्यापी रूपमा आफ्नो कमाइको सम्भावनाका हिसाबले भारतमा दक्षिण भारतीय फिल्महरू उदाउन थालेका छन्। मुख्यगरी हिन्दी भाषामा बनाइएका फिल्महरूलाई दक्षिण भारतीय फिल्मले विस्थापित गरिदिन थालेका छन्।

नयाँ नयाँ कथा, अभिनयमा निखरता, ठूलो बजेट र लगानी र भरपूर प्रविधिको प्रयोले दक्षिण भारतीय फिल्म अघि सर्दैछन् भने मूलतः हिन्दी भाषामा बनाइएका फिल्महरू नाजुक बन्दै गएका छन्। विशेषगरी ‘तेलुगु’, ‘मलायम’ ‘तामिल’ जस्ता दक्षिण भारतका भाषामा बनाइएका फिल्म भारतभर मात्र नभई पूरै संसारभर हाबी भइरहेका छन्।

सन् २०१६ मा आमिर खान अभिनित ‘दंगल’ प्रदर्शनमा आएयता खासगरी भारतीय फिल्मले बक्स अफिसमा तहल्का मच्चाउन सकेका छैनन्। त्यसयता भारतमा चलेका निर्देशकहरूले फरक शैली र कथा प्रयोग गरी निकै उत्कृष्ट फिल्महरू दिएको दाबी गरे पनि उनीहरूका धेरैजसो फिल्मले लगानीसमेत उठाउन सकेनन्।

सन् २०२१ को उत्तरार्द्धमा अक्षयकुमार कुमार अभिनित तथा रोहित सेट्टी निर्देशित ‘सूर्यवंशी’ ले भारतीय फिल्म उठाउने कोशिस गरे पनि अन्य भने छायामै परे। सन् २०२१ मा ‘रुही’, ‘तडप’, बेल बटम’, ‘बन्टी और बब्ली २’ जस्ता फिल्मको त नामो निशान नै मेटियो। यी फिल्महरूले लगानीको आधा पैसा पनि उठाउन सकेनन्। न त फिल्मको कुनै तारिफ नै भयो।

कोरोना महामहारीबाट विश्व समुदाय आक्रान्त भएपछि विश्व फिल्म बजार केही उठेका बेला यी फिल्महरू प्रदर्शनमा आएका थिए। फिल्म जसरी चुपचाप आए उसैगरी सेलाए पनि।

यस्तोमा दक्षिण भारतका स्टारहरू अभिनित फिल्मले भने बक्स अफिस मात्र नभै पूरै भारतभर कब्जा जमाउन सफल भए। सन् २०२१ र सन् २०२२ मा आएका तेलगु, मलायम र तमिल भाषामा बनाइएका फिल्मले भने बजार पिट्न सफल भए। बक्स अफिस मात्र नभई यी फिल्महरूले पूरा भारतमा आफ्नो प्रभाव छाड्न सफल भए।

अघिल्लो वर्ष रिलिज भएको सूर्याको ‘जय भीम’ विजयको भूमिका रहेको ‘मास्टर’ सुपरहिट साबित भए। त्यस्तै भर्खरै प्रदर्शनमा आएको ‘दृश्यम २’ ले निकै आक्रामक व्यापार गरिरहेको छ। र यस वर्ष आएको अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित तथा सुकुमार निर्देशित ‘पुष्पा’ ले त भारतीय फिल्म बजारलाई आश्चार्यचकित नै तुल्याइदियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved