देउवा, प्रचण्ड र नेपालबीच भेटघाट, भोलि गठबन्धनको बैठक बोलाउने निर्णय

नेपाल भ्यूज

देउवा, प्रचण्ड र नेपालबीच भेटघाट, भोलि गठबन्धनको बैठक बोलाउने निर्णय

काठमाडौं। पाँचदलीय सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटघाट भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

बैठकमा मंगलबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरिएको थियो। यस्तै स्थानीय तहको निर्वाचन र कानूनी समस्याका विषयमा छलफल भएको थियो।

उक्त बैठकले शनिबार गठबन्धनको बैठक बोलाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved