एमाले प्रदेश १ ले भन्यो – क्रान्तिका वैरीहरूले पार्टीविरुद्ध षडयन्त्र गर्दा बराल शिकार भए

नेपालभ्युज

एमाले प्रदेश १ ले भन्यो – क्रान्तिका वैरीहरूले पार्टीविरुद्ध षडयन्त्र गर्दा बराल शिकार भए

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश १ मा आफ्ना मतदाताहरूको ‘फ्लोर क्रस’लाई नेकपा (एमाले) ले अवाञ्छित हर्कतको संज्ञा दिएको छ।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरु बरालले बराबर मत ल्याएका थिए। पछि गोलाप्रथाबाट बराल पराजित भएका थिए। यस क्रममा एमालेका १ सांसदको मत बदर हुँदा अर्का एक सांसदले राप्रपाका उम्मेदवार अमर विष्टलाई मतदान गरेका थिए।

बस्नेत र एमाले उम्मेदवार बरालले बराबरी ४ हजार ४८८ मत प्राप्त गरेका थिए।

यसै परिणामलाई आधार मानेर एमाले प्रदेश १ कार्यालयले आज एक विज्ञप्ति जारी गरेर क्रान्तिका वैरीहरूले पार्टीविरुद्ध चालेका षडयन्त्रले बराल शिकार भएका एमालेले ठहर गरेको छ।

विज्ञप्तिमा जनाइएको छ- पार्टीभित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ। पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषीउपर कडा कार्यवाही गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved