काठमाडौं। नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरूप हुनुपर्ने बताएका छन्।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए।
उनले सत्तारुढ दलहरूबीच एकैपटक तीन तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको उनको भनाइ थियो।
‘‘एउटा चुनाव गराउँदा झण्डै ५ अर्ब रूपैयाँ खर्च हुन्छ,” उनले भने, ‘‘यदि तीनै तहको निर्वाचन सँगै गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ, उम्मेदवारको पनि खर्च कम हुन्छ।”
अध्यक्ष नेपालले आज (बुधवार) भइरहेको राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्ने दाबीसमेत गरे।
Facebook Comment
Comment