एजेन्सी। उत्तर कोरियाले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ।
दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ।
क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ। प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ।
यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइलसहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ।
Facebook Comment
Comment