गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको २० बुँदे ध्यानाकर्षण

नेपालभ्युज

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको २० बुँदे ध्यानाकर्षण

पोखरा।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा (एमाले) ले २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नौ महिनाअघि पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले विगतमा निर्धारण गरेका योजना र विकासका लक्ष्यहरूलाई कटौती गरेको, गैरबजेटका योजनाहरुमा रकमान्तरण गरेर प्रदेशका जनताको विकासको अपेक्षामा कुठाराघात गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।

समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशवासीको लक्ष्यका साथ गत आवमा ठेक्का प्रक्रियामा गएका गौरवका आयोजनाहरू र बहुवर्षे योजनाहरूका काम प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा वर्तमान सरकार उदासीन बनेको पत्रमा उल्लेख छ।

‘एक घर एक धारा’ कार्यक्रमका लागि विगतको एमाले नेतृत्व सरकारले निर्धारण गरेका योजनाको बजेट कटौती गरेर पाँच वर्षभित्र सबै घरमा पानीका धारा पु¥याई जनताको स्वच्छ पानी पिउन पाउने अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाएको छ।

बागलुङ, लमजुङको दोर्दी करिडोर, मस्र्याङ्दी करिडोर र गोरखाको चुननुब्रीलगायतका स्थानमा वर्षाको समयमा गएको बाढीपहिराका कारण अवरुद्ध भएको सडक तत्काल पुनः निर्माणका काम तत्काल प्रारम्भ गरियोस् भन्ने आज बुझाइएको पत्रमा जोड दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved