इलाम । इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो। आज अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो।
माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको श्रेष्ठलाई साढे ४ बजे चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गङ्गाबहादुर थापाका अनुसार मे१०प ६८४३ नंको मोटरसाइकल अनियन्त्रित हुँदा श्रेष्ठ सडकभन्दा करिब २० मिटर तल झरेका थिए। आफैँ मोटरसाइकल चलाएका श्रेष्ठको टाउको र शरीरमा चोट लागेको बताइएको छ।
Facebook Comment
Comment