एजेन्सी। बुर्किना फासोमा विद्रोही सैनिकहरूले राष्ट्रपति रोच मार्क क्रिष्ट्रियन काबोरेलाई अपहरण गरेको सुरक्षा स्रोतले जनाएको छ। आइतबार राति राजधानी बागुडोगोस्थित काबोरेको निवासनजिकै गोली प्रहार भएको सुनिएको थियो।
काबेरेलाई सैनिक शिविरमा लगेर बन्धक बनाइएको रोयटर्स न्युज एजेन्सीसँग सुरक्षा स्रोतले जनाएको छ। सरकारले यस विषयमा कुनै टिप्पणी गरिसकेको छैन। आइतबार त्यहाँका सैनिकहरूले धेरैवटा ब्यारेकमा विद्रोह गरेका थिए। जसकारण, द्वन्द्वग्रस्त देशमा ‘कु’ हुनसक्ने खतरा निम्तिएको छ।
यसअघि आइतबार सरकारले ‘कु’ हुन लागेको समाचारको खण्डन गरेको थियो।
‘हामी भर्खरै त्यो सैन्य शिविरबाट अघि बढेका छौं, जहाँ यो क्षण राष्ट्रपति कोबारेलाई बन्धक बनाइएको छ, पत्रकार हेनरी विल्किन्सले जनाएका छन्।
‘‘ट्राफिक व्यवस्था सामान्य नै देखिएको छ। तर, राष्ट्रपति भवन आसपासका सडकमा ठूलो संख्यामा सैनिक तैनाथ छन्।’’
एएफपी समाचार एजेन्सीले पनि राष्ट्रपति कोबारे पक्राउ परेको जनाएको छ। ‘‘राष्ट्रपति कोबारे, सभामुख र मन्त्रीहरू पक्राउ परेका छन्। उनीहरुलाई सैन्य ब्यारेकमा लगिएको छ।
विद्रोही सैनिकहरूले अहिलेसम्म राष्ट्रपति पक्राउ परेका विषयमा कुनै विज्ञप्ति निकालेका छैनन्। ‘‘हामीलाई के थाहा छ भने अघिल्लो राति राष्ट्रपति भवनमाथि हेलिकोप्टर घुमेको थियो,’’ अलजजिराका निकोलास हकीले भने।
हकीका अनुसार यसअघि विद्रोही सैनिक र सरकारबीच दिनभर वार्ता भएको थियो। ‘‘उनीहरूले आफ्ना ६ बुँदे माग पूरा नभएर राष्ट्रपतिलाई पक्राउ गर्ने धम्की दिउका थिए र अहिले त्यही भएजस्तो देखिन्छ।’’
Facebook Comment
Comment