कोदोको रक्सीको ब्राण्डिङ गर्दै गण्डकी विश्वविद्यालय

नेपालभ्युज

कोदोको रक्सीको ब्राण्डिङ गर्दै गण्डकी विश्वविद्यालय

पोखरा। नेपाली रक्सीमा सम्भावनाको खोजी गर्न गण्डकी विश्वविद्यालयले अनुसन्धान थालेको छ। विश्वविद्यालयले कोदोको रक्सीको ब्राण्डिङ शुरु गरेको हो।

विश्वविद्यालयले गण्डकी प्रदेशमा कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट कोदोको रक्सीको नमूना संकलन गरी गुणस्तर मापदण्ड तथा खाद्य विभागको प्रयोगशालामा पठाइसकेको छ। प्रयोगशालाको रिपोर्टमा रक्सीमा इथानेल, मिथानेल, कार्बोहाइड्रेडलगायत के कति मात्रामा छ भन्ने पत्ता लगाउनेछ। त्यसपछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार छ वा छैन अध्ययन गर्न सहज हुने विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले जानकारी दिए। मर्चा र रक्सीको तत्व र फर्मुला एकीन गर्न विश्वविद्यालयको अनुसन्धानको उद्देश्य गण्डकी विश्वविद्यालयको रहेको छ।

‘‘अहिले रक्सीमा कुन कुन तत्व हुन्छ, गुणस्तर कस्तो छ भनेर नमूना पठाएका छौं। गुणस्तर मापनको लागि खाद्य, गुणस्तर, कृषि विश्वविद्यालय र सामाजिक पाटोबाट हुँदैछ,’’ तिमिल्सिनाले भने, ‘‘सामाजिक पाटोअन्तर्गत रिजल्ट चाँडै आउने छ भने अरुको समय लाग्न सक्छ।’’

कोदोको रक्सीको फर्मुला, मर्चाको फर्मुला र तिनका स्वास्थ्य, सामाजिक र आर्थिकलगायत पाटोको अनुसन्धानपछि प्याटेन्ट राइट दर्ताको प्रक्रिया अघि बढाउने जानकारी उनले दिए।

विश्व विद्यालयले हालै अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो। त्यहाँ बेलायत, कोरिया, अमेरिका, काजाकास्तान र नेपाललगायत देशका विज्ञहरू रहेका छन्। अनुसन्धानमा राम्रो नतिजा आए कोदोको रक्सीको उत्पादन र बजारीकरणमा जाने प्रदेश सरकारको योजना रहेको छ।

घरेलु रक्सी उत्पादनलाई गैरकानूनी मानिँदै आएकोमा आएकोमा पछिल्लो समय यसको ब्राण्डिङबारे बहस हुन थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved