पोखरा। रारा गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ। पोखरामा जारी २० औं संस्करणको पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ। पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ।
यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ। सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिम सहभागी छन्।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।
Facebook Comment
Comment