अवैध औषधिसहित एकजना पक्राउ

नेपालभ्युज

अवैध औषधिसहित एकजना पक्राउ
सांकेतिक तस्वीर

रसुवा । अवैध औषधिसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–३ बस्ने ३१ वर्षीय प्रकाश बस्नेत रहेका छन्।

चिनियाँ ब्रान्डको ‘इङवेन सिआनाङ’ नामक ४९० बट्टा अवैध रूपको औषधिसहित निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। भन्सार परीक्षण भई सिलबन्दी गरेको ना६ख ३८१३ नं कन्टेनर डिब्बाको चालक सिट पछाडि राखी लुकाई छिपाई ल्याएको अवस्थामा धुञ्चे प्रहरी चेक पोइन्टले पक्राउ गरको बताइएको छ।

बरामद भएको रु दुई लाख ५९ हजार ७०० बराबरको औषधिसहित निज बस्नेत उपर कानुनी प्रक्रिया अगाडि बढाउन आज रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ। कोरोना सङ्क्रमणका कारण नाकामा आउजाउ नै बन्द रहेको अवस्थामा कसरी अवैध रूपको चिनियाँ औषधि आयो र कहाँ को संलग्न छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved