काठमाडौंसहित यी १५ जिल्ला कोरोनाको ‘रेड जोन’मा

नेपालभ्युज

काठमाडौंसहित यी १५ जिल्ला कोरोनाको ‘रेड जोन’मा

काठमाडौं । कोभिड १९ का ५ सयभन्दा बढी सक्रिय संक्रमित नाघेका १५ जिल्ला रेड जोनमा परेका छन्। मोरङ,सुनसरी,झापा,धनुषा, काठमाडौं,ललितपुर,भक्तपुर,चितवन, मकवानपुर,काभ्रेपलान्चोक,कास्की,नवलपरासी पूर्व,बाँके, रुपेन्देही र कैलाली रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी १८ वटा जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पर्सा,बारा,महात्तरी,सप्तरी,सर्लाही,सिराहा,नुवाकोट,धादिङ,सिन्धुपाल्चोक,सिन्धुली,गोरखा,तनहुँ, स्याङजा,बाग्लुङ, दाङ,पाल्पा, सुर्खेत र कञ्चनपुर जिल्लाहरूमा दुई सय भन्दा बढी सक्रिय संक्रिमतहरु रहेका छन्।

मन्त्रालयका अनुसार हाल देशभर ७७ हजार ४० जना संक्रिय संक्रमितहरु छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved