विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँए

नेपालभ्युज

विश्वमा कोरोना : करिब २८ लाख संक्रमित थपिँए

काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टामा २७ लाख ९५ हजार ७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३४ करोड ९७ लाख नाघेको छ।
सो अवधिमा १३ लाख ४७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्।

६ हजार ३५० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिक संक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो समय भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या उच्च छ।
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ८ हजारभन्दा बढी संक्रमित थपिँदा ५११ जनाको मृत्यु भएको छ। अमेरिकामा ३ लाख १२ हजार भन्दा बढी, फ्रान्समा ३ लाख ८९ हजार, इटलीमा १ लाख ७१ हजार, बेलायतमा ९७ हजार संक्रमित थपिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved