टी–२० श्रृंखला: इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिजको शानदार जित

नेपालभ्युज

टी–२० श्रृंखला: इंग्ल्याण्डविरुद्ध वेस्ट इण्डिजको शानदार जित

काठमाडौं। टी–२० श्रृंखलाको पहिलो खेलमा इंग्ल्याण्डविरुद्धको खेलमा घरेलु टोली वेस्ट इण्डिज ९ विकेटले विजयी भएको छ। आज (आइतबार) बिहान बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा भएको खेलमा वेस्ट इण्डिज विजयी भएको हो। इंग्ल्याण्डले दिएको १ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इण्डिजले १७ दशमलव १ ओभरमा एक विकेट गुमाएर भेट्टायो।
उसका लागि ब्रेण्डन किंगले ४९ बलमा चार चौका र एक छक्कासहित अविजित ५२ रन बनाए। त्यस्तै, निकोलस पूरनले नटआउट २७ र साई होपले २० रनको योगदान दिए। बलिङमा आदिल राशिदले एक विकेट लिए।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो। उसका लागि क्रिस जोर्डनले २८, आदिल राशिदले २२, कप्तान इयोन मोर्गनले १७ र जेम्स भिन्सले १४ रन बनाए।

बलिङमा जेसन होल्डरले ३ दशमलव ४ ओभरमा एक मेडनसहित सात रन दिएर चार विकेट लिए। सेल्डन कोट्रेलले दुई, फाबियन आलेन, रोमारियो सेफर्ड र अकिल होसेनले एक÷एक विकेट हात पारे। यो जितसँगै वेस्ट इण्डिजले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved