संविधानको मर्म र भावनाविपरीत कुनै निर्वाचन गरिनुहुन्नः प्रकाशमान सिंह

“मैले सुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्‍यो,” सिंहले भने, “अहिलेको यो डिबेट आइराखेको छ नि त। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो।”

नेपालभ्युज

संविधानको मर्म र भावनाविपरीत कुनै निर्वाचन गरिनुहुन्नः प्रकाशमान सिंह
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन्। उनले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै हुनुपर्ने पनि स्पष्ट पारे।

शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता सिंहले संविधानको मर्म र भावनाविपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए।

“मैले शुरुदेखि नै भन्दै आएको छु। हामीले जाने भनेको त संविधानको भावना र मर्म बमोजिम नै सबै कामहरु हुनु पर्‍यो,” सिंहले भने, “अहिलेको यो डिबेट आइराखेको छ नि त। स्थानीय तहको कार्यअवधि त पाँच वर्षका लागि हो।”

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महीनाभित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोहीअनुसार हुनुपर्ने दाबीसमेत गरे।

“कार्यअवधिभन्दा स्थानीय निर्वाचन ऐनले दुई महीना अगावै स्थानीय तहको निर्वाचन भएको हुनुपर्छ भनेको छ। तर संविधानले के भन्छ भन्दाखेरी कार्यकाल पाँच वर्षका हो,” सिंहले भने, “तर, कार्यकाल सकिएको ६ महीना भित्र नै गर्नुपर्छ भन्ने संविधानको कुरा छ। अहिले आएर के हो भन्दाखेरी यो संविधानको समग्र मर्मलाई काम गर्नुपर्छ।”

सिंहले स्थानीय निकायको निर्वाचन समयमै गर्ने र संघीय निर्वाचन पनि संसद्को कार्यकाल सकिएपछि नै गर्दा उपयुक्त हुने बताए। उनले भने, ‘संविधानको भावना र मर्मअनुसार नै हुनुपर्छ। त्यसमा पनि के भन्दाखेरी स्थानीय निकायचाँही खाली राख्नु हुन्न भन्ने मेरो पर्सनल ओपिनियन हो। र, त्यहीअनुसार हुनुपर्छ भन्ने मेरो भनाइ हो।”

त्यसअवसरमा कांग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेका योगदानको चर्चा गरिएको बताए। उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जो कोहीका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved