जनकपुरधामको शहीदगेटको निर्माण कार्य अन्तिम चरणमा

नेपालभ्युज

जनकपुरधामको शहीदगेटको निर्माण कार्य अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा शहीदगेटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ढल्केवर–जनकपुर राजमार्गको ६ लेन सडकको मुजेलियामा धनुष आकारमा निर्माण हुन लागेको मधेश शहीदगेटमा रङ लगाउने, भगवान राम र शहीदको प्रतीमा स्थापना गर्नु बाहेक अन्य कार्यहरु सम्पन्न भइसकेको छ।

गेट निर्माणको ठेकेदार कम्पनी महतो कन्ट्रक्सनका सञ्चालक उमेश साहका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको करिब तीन करोड रुपियाँ लगानीमा शहीद गेट निर्माण हुन लागेको हो। जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २० असार २०७७ बाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्त्ररण गर्नुपर्ने सम्झौता रहेकोमा निर्माणकार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्त्ररण गर्नेगरी तयारी भईरहेको ठेकेदार कम्पनीले जनाएको छ।

पर्यटकीय तथा धार्मिक नगरीको रुपमा समेत चिनिएको मधेस प्रदेशका राजधानी जनकपुरधाम प्रवेश गरेको अनुभूति दिलाउने गरी गेट धनुष आकारमा बनिरहेको छ। गेटको माथिल्लो भागमा १४ फिटको भगवान श्री रामको प्रतिमा र तीन वटा पिलरमाथि शहीद निक्कु यादव, सन्जय चौधरी र दिलीप यादवको प्रतिमा राखिने बताइएको छ। मधेस आन्दोलनताका तीनै जनाको जनकपुरधाममा प्रहरीको गोली लागि मृत्यु भएको थियो।

त्यसैगरी, गेटको दुबै किनारमा मधेश आन्दोलनमा शहीद भएकाहरुको चित्र राखिनेछ। प्रतिमाहरु बनाउने काम तीब्ररुपमा भइरहेको छ। ‘‘सम्भवतः यो महिनाको अन्तिम साता प्रतिमा स्थापना गरिसक्छौं,’’ महतो कन्ट्रक्सनका सञ्चालक साहले भने ।

स्थानीय तहमा निर्वाचित भए लगत्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेश आन्दोलनका शहीदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा गेट निर्माण गर्ने निर्णय भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved