काठमाडौं। युवाले सुन्दर युवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गरेको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गरेका हुन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन्। विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गरेका छन्।
भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको छ।
Facebook Comment
Comment