काठमाडौैं। अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ। आइसिसीले जारी गरेको नयाँ तालिका अनुसार टी २० विश्वकप १६ अक्टोबरदेखि शुरु हुने छ। डिफेन्डिङ च्याम्पियन तथा घरेलु टोली अष्ट्रेलियाले उपविजेता बनेको न्यूजिल्याण्डसँग सुपर १२ को पहिलो खेलमै प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ।
सुपर १२ राउन्डको सुरुआत भने २२ अक्टोबरदेखि हुनेछ। सुपर १२ को पहिलो खेलमा अस्ट्रेलिया र न्यूजिल्याण्ड आमने सामने हुने छन्।
यस्तै भारत र पाकिस्तानबीचको खेल भने अक्टोबर २३ तारिखका दिन मेलवर्नमा हुनेछ। टी २० विश्वकप २०२२ मा समूह एमा अस्ट्रेलिया अफगानिस्तान, इंग्ल्याण्ड न्यूजिल्याण्ड र विश्वकपको पहिलो राउण्डबाट छनोट भएका २ टिम रहने छन्।
यसैगरी समूह बीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशका साथै पहिलो राउण्डबाट आउने २ टिम रहने छन्।
Facebook Comment
Comment