काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। आन्दोलनरत विद्यार्थी, उनीहरूका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो।

नेपालभ्युज

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

काठमाडौं। काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरूका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो।

अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए। उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा।केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो।

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ। यसअघि मासिक १२ हजार ५ सय लिइँदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सहमति भएको जेनेरल मेनेजर दाहालले जानकारी दिए।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलेमै विद्यार्थी बसाउन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरू तयार भएर विद्यार्थी भर्ना धमाधम हुन थालेको जेनेरल मेनेजर दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved