भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। बिहीबार दिल्लीमा कोरोनाबाट ४३ जनाको मृत्यु भएको छ। यो संख्या दोस्रो लहर अर्थात् जुन १० पछिकै उच्च भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रायले जनाएको छ।
गत वर्ष १० जुनमा दिल्लीमा ४४ जनाको ज्यान गएको थियो। तर, दैनिक कोरोना संक्रमणदरमा ११ प्रतिशतले कमी आएको छ। बुधबार यहाँ १३ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण भएको थियो भने बिहीबार १२ हजार ३०६ पुगेको थियो।
बुधबार भारतमा ३ लाख १७ हजार नयाँ संक्रमित भेटिएका छन्। यस अवधिमा २ लाख २३ लाख मानिस निको पनि भएका छन् भने ४ सय ९१ जनाको मृत्यु भएको छ। योसँगै अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा ३४ हजार ५६२ ले वृद्धि भएको छ। यसअघि जनवरी १८ मा २ लख ८२ हजार मानिस संक्रमित भेटिएका थिए।
८ महिनापछि देशमा नयाँ संक्रमित संख्या ३ लाख नाघेको छ। दोस्रो लहरमा संक्रमित हुनेहरू कम हुँदा १५ मेमा ३ लाख ११ हजार संक्रमितहरू फेला परेका थिए। सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ९१ हजार ५१९ ले वृद्धि भएको छ।
हाल भारतभर १९ लाख २४ हजार सक्रिय संक्रमितहरू रहेका जनाइएको छ। भारतमा पहिलो पटक एकै दिन २ लाखभन्दा बढी (२ लाख २३ हजार ९९०) बिरामी पनि निको भएका छन्।
Facebook Comment
Comment