अफगानिस्तानको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि

नेपालभ्युज

अफगानिस्तानको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि

अफगानिस्तानमा आयोजना गरिएको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ। अफगानिस्तानमा सरकार बनाएको तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारद्वारा आयोजित आर्थिक सम्मेलनमा उनीहरू सहभागी भएको दाबी गरेका हुन्।

गत बुधबार आयोजना गरिएको सम्मेलनमा देशको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र बैंकिङ विषयमा छलफल भएको थियो। सम्मेलनमा तालिबान सरकारले आफ्ना असहमति, असन्तुष्टि, आशङ्का जे छन् ती सबै कुरा राख्न सबैलाई अनुरोध गरेको थियो।

उनीहरूको आशङ्का र असन्तुष्टिलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि सम्मेलनमा सहभागी तालिबानी नेताहरूले प्रतिबद्धता जनाएका थिए। महत्वपूर्ण परियोजनाहरू अफगानिस्तानमा ल्याउन पनि तालिबानी नेताहरूले सहभागीहरूलाई आह्वान गरेका थिए।

अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सरकार बनाएपछि विश्व समुदायबाट हुने सहयोग अधिकांश बन्द भएको छ। त्यसलाई फेरि निरन्तरता दिलाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved