भारतका ७२ प्रतिशत वयस्कले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

नेपालभ्युज

भारतका ७२ प्रतिशत वयस्कले लगाए कोरोनाविरुद्ध पूर्ण खोप

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोप लगाइसकेका छन्। भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन्।

सो उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा मात्रै खोप लगाउन पाएका हुन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले पत्रकार सम्मेलनमा बोल्ने क्रममा खोप अभियानलाई सरकारले तीव्रता र उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।

उनले पछिल्लो एक दिनमा तीन लाख १७ हजार ५३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण पनि सार्वजनिक गरे। सोही अवधिमा कोरोनाकै कारण अरू ३८० जनाको मृत्यु भएको पनि उनको भनाइ छ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ। दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक थपिँदै गएपछि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको छ। स्वास्थ्य सचिव भुषणका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved