एजेन्सी। कोही आक्रोशित हुँदै ‘यो महामारी कहिले सकिन्छ?’ वा ‘म मेरो पुरानो जीवनमा कहिले फर्किन सक्छु?’ भन्ने प्रश्न गर्छ भने त्यसको जवाफ हो, छिट्टै।
ओमिक्रोन संक्रमणको अन्त्य हुँदै गर्दा त्यसले बेलायतलाई ठूलो चोट पुर्याउन सक्छ भन्ने विश्वास बढ्दै छ।
तर, त्यसपछि के आउँछ? चुट्की बजाएको भरमा यो भाइरस हराउँदैन। बरु हामीले एउटा शब्द खोज्नुपर्ने हुन्छ ‘एन्डेमिक’, अर्थात रुघाखोकी जस्तै यसलाई सामान्य रूपमा लिने। कोभिड लामो समयसम्म रहने निश्चित छ।
त्यसो हो भने, के कोभिड युग महत्वपूर्ण छ, यसले हाम्रो जीवनमा के प्रभाव पार्छ?
‘हामी लगभग त्यही चरणमा छौँ, अन्त्यको शुरुवात, कम्तिमा बेलायतमा,’ लिभरपुल विश्वविद्यालयका संक्रामक रोग र विश्व स्वास्थ्य सम्बन्धी प्रध्यापक जुलियन हिकोक्स भन्छन्, ‘सन् २०२२ मा हाम्रो जीवन महामारीअघिकै अवस्थामा पुग्छ भन्ने मलाई लाग्छ।’
हाम्रो रोगप्रतिरोधात्मक क्षमता परिवर्तन भएको छ। पहिलो कोरोना भाइरस दुई वर्षअघि चीनको वुहानबाट शुरु भयो, त्यसले हामी सबैको जीवन नै प्रभावित बनायो। हाम्रो रोगप्रतिरोधात्मक क्षमताले सामना नै नगरेको यो नयाँ प्रकारको भाइरस थियो। योसँग जुध्न हामीसँग न भ्याक्सिन थियो न त औषधि नै।
अवस्था यस्तो थियो कि आगोको मुस्लोमा घिऊ थपेको जस्तो। कोभिड महामारीको संक्रमण विश्वभर यसरी फैलिएको छ, तर त्यो सधैंका लागि रहन सक्दैन।
हामीसँग दुई विकल्प छन्। हामीले कोरोना भाइरसलाई पश्चिम अफ्रिकामा इबोला निर्मूल पारेको जस्तै पार्नुपर्छ। वा, यो भाइरस हामीभित्र मृत्य अवस्थामा लामो समयसम्म रहन्छ। यो लामो समयसम्म रहने अन्य भाइरस जस्तै रुघाखोकी, एचआईभी, मलेरिया अथवा टिबी जस्तै हुन्छ।
यी भाइरसले हामीले थाह नै नदिइ हावाको माध्यमबाट संक्रमित गर्छन्। केही समयपछि कोरोना भाइरस पनि हाम्रा लागि रुघाखोकी जस्तै हुन्छ। हामीलाई आक्रामण गर्छ तर, त्यसबाट जुध्नसक्ने प्रतिरोधात्मक क्षमता हामीसँग हुन्छ, केहीलाई यसले गाह्रो बनाउन सक्छ।
महामारी रोग विशेषज्ञकाअनुसार भाइरस निरन्तर फैलिएको र अनुमान गर्न सकिने अवस्थाको छ भने त्यसलाई ‘एन्डेमिक’ भन्न सकिन्छ।
तर, इम्पेरियल कजेल लण्डनका महामारी रोगका प्रध्यापक आज्रा घानीका अनुसरा मानिसहरूले ‘एन्डेमिक’ शब्दलाई कोभिड अझैँ छ भन्नका लागि प्रयोग गरेका छन्। तर, कोरोनाकै कारण दिनचर्यालाई अवरोध गर्नु नपर्ने उनी बताउँछन्।
उनी भन्छिन्, ‘यो भाइरस लामो समयसम्म रहने देखिन्छ। तर, राम्रो कुरा गत वर्षबाट हामीले यो भाइरसविरुद्ध भ्याक्सिन प्रयोग गर्न थालिसकेका छौं।’
समस्या भनेको कोभिडको नयाँ भेरियन्ट हो जसले ओमिक्रोनलाई पछाडी पार्दै स्वास्थ्यमा धेरै प्रकारका समस्या ल्याउन सक्छ।
एन्डेमिक भनेको आफैमा मध्यम प्रकारको संक्रमण भन्ने होइन। ‘हामी ज्यानै लिनसक्ने रोगलाई पनि एन्डेमिक भन्ने गछौं,’ प्रध्यापक घानी भन्छन्। दादुरा एक प्रकारको एन्डेमिक थियो, जसका कारण प्रत्येक तीन संक्रामकमध्ये एकको निधन भयो। मेलेरिया एन्डेमिक हो, जसकारण प्रतिवर्ष ६ लाख मानिसको निधन हुनेगर्छ।
हाम्रो शरीरले कोरोनासँग जुध्ने क्षमताको विकास गर्दा यो केही निष्प्रभावी हुँदै गएको देखिन्छ।
बेलायतमा भ्याक्सिन क्याम्पेन सञ्चालनमा छ। ‘ओमिक्रोनबाट हामीले पार पाउँदै गर्दा बेलायतमा मानिसको रोग प्रतिरोधात्मक क्षमता वृद्धि भएको हुनेछ, कम्तिमा केही समयका लागि,’ एडिनबरा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञका रूपमा कार्यरत प्रध्यापक एलेरोन रिले भन्छन्।
संक्रमण फैलिँदा बेलायतले त्यसको ठूलो मूल्य तिर्नुपरेको छ। संक्रमणका कारण एक लाख पचार हजार व्यक्तिको निधन भयो। तर, त्यसले हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्यो त्यो राम्रो पक्ष हो। प्रतिरोधात्मक क्षमता घट्दा भविष्यमा कोरोना संक्रमण हुने सम्भावना रहन्छ। यद्यपि, गम्भीर बिरामी बनाउने सम्भावना भने कम हुन्छ।
बेलायत सरकारलको श्वासप्रश्वाससम्बन्धी सल्लाहकार समूहमा कार्यरत प्रध्यापक हिस्कोस कोरोनाका कारण भविष्यमा धेरै मानिसमा प्रभावित नहुने बताउँछन्।
‘कोभिडका नयाँ हुन् वा पुराना भेरियन्ट, त्यो समान्य रुघाखोकी जस्तै हुन्छ, केही समय रहन्छ टाउको दुखाउन सक्छ, पछि ठीक हुन्छ।’
यसले हाम्रो जीवनमा के प्रभाव पार्छ?
वृद्ध र दीर्घरोगबाट प्रभावित व्यक्तिको एन्डेमिक कोभिडका कारण निधन हुनसक्छ। योसँग जुधेर कसरी बाँच्ने भन्ने प्रश्न मुख्य हुनेछ।
‘कोरोनाका कारण हामीले शुन्य मृत्युको अपेक्षा गरेका हौं भने जीवनमा निषेध गर्नुबाहेक अन्य उपाय छैन। त्यो घातक हुनेछ,’ प्रध्यापक हिकोक्स भन्छन्।
लकडाउन र निषेधको अवस्था दोहोरिने अवस्था आउँदैन, समूहमा कोभिड टेस्ट गर्नुपर्ने अवस्था यो वर्ष अन्त्य हुन्ने प्रध्यापक हिकोक्सको विश्वास छ।
दीर्घरोगीहरूलाई जाडो यामबाट बचाउन बुस्टर भ्याक्सिनको व्यवस्था हुन्छ।
‘हामीले कोरोना भाइरसलाई मौसम परिवर्तन हुँदा लाग्ने रुघाखोकी जस्तै हो भनेर स्वीकार गर्नुपर्छ, त्यसले हामीलाई चुनौति दिन्छ,’ भन्छन प्रध्यापक हिकोक्स।
-बीबीसीबाट
Facebook Comment
Comment