भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि रोक्यो अत्यावश्यक सेवा

नेपालभ्युज

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि रोक्यो अत्यावश्यक सेवा

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अत्यावश्यकबाहेक सेवा बन्द गरेको जनाएको छ। पछिल्लो समय कोरोना संक्रमण दर तीव्र गतिमा फैलिरहेपछि कार्यालयले एक सूचना जारी गरी शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक नागरिकता, परिचय पत्रलगायतको सेवा बन्द गरिएको जनाएको छ।

साथै कार्यालयका कर्मचारीमा पनि कोभिड-१९ संक्रमण देखिएको कार्यालयले जनाएको छ। भोलि (६ माघ) देखि लागू हुने गरी कार्यालयको सेवा बन्द गरिएको र कार्यालयमा अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रूपमा कोभिड-१९ विरुद्ध खोप लगाइएको कार्ड ल्याउन पनि अनुरोध गरिएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयको अत्यावश्यकबाहेक सेवा बन्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved