कोरोना अपडेट: ११ हजार ३५२ जनामा संक्रमण

नेपालभ्युज

कोरोना अपडेट: ११ हजार ३५२ जनामा संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा ११ हजार ३५२ कोरोना संक्रमित थपिएका छन्। यससँगै, नेपालमा काेराेना संक्रमितको संख्या पछिल्लो पाँच दिनमै दाेब्बर भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभरबाट गरिएको २३ हजार ४०९ जनामा गरिएको नमूना परीक्षणमा ११ हजार ३५२ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने चार जना संक्रमितको निधन पनि भएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved