काठमाडौं। विशेष अदालतले भोलि (बिहीबार) देखि दुई हप्ताका लागि थुनुवाका मुद्दाको सुनुवाइ गर्ने भएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट रोक्नको लागि विशेष अदालतको आज ५ माघमा बसेको पूर्ण बैठकले थुनुवा मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो। अदालतका उप-रजिष्टार एवं सूचना अधिकारी नारद प्रसाद भट्टराईअनुसार ती मुद्दा पनि भर्चुअल माध्यमबाट मात्रै हेरिनेछन्।
अदालतको बैठकले ६ माघदेखि १८ माघसम्म आरोपपत्र/अभियोगपत्र दर्ता गर्ने र त्यस्ता पत्रसहित उपस्थित गराइएका अभियुक्तको थुनछेक र म्याद थप पनि भर्चुअल माध्यमबाटै गर्ने निर्णय गरेको हो।
अदालतबाट प्रवाह हुने अत्यावश्यक थुनुवाबाहेकका मुद्दा, बकपत्र, हाजिरी, वारेस अनुमति निवेदन पेशी, धरौटी फिर्ता, रोक्का फुकुवासम्बन्धी सेवा, फैसला/आदेश/कागजात प्रमाणित प्रतिलिपिसम्बन्धी सेवा स्थगित गरिएको अदालतले जनाएको छ।
Facebook Comment
Comment