३८ दशमलव ३५ अंकले घट्यो शेयर बजार

नेपालभ्युज

काठमाडौं। साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। आज ३८ दशमलव ३५ अंकले बजार घटेर नेप्से परिसूचक दुई हजार ८ सय ३८ दशमलव ३५ अंकमा झरेको छ।

आज कारोबारमा आएकामध्ये घलेम्दी हाइड्रोपावर,कालिका लघुवित्त वित्तीय संस्था,ग्लोबल आइएमई समुन्नत स्किम १, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयरमूल्यमा उच्च दरले घटेको छ।

आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ ओटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved