अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

नेपालभ्युज

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

काठमाडौं । ‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा २६ जनवरीमा रिलिज हुने भएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ ले देश तथा विदेशमा राम्रो व्यापार गरेको छ। अब अल्लुका हिन्दी फ्यानहरूले फेरि ठूलो उपहार पाउने भएका छन्। ‘अला वैकुण्ठपुरम्लो’ फिल्मका निर्माताहरूले अल्लुको फिल्मलाई हिन्दीमा डबिङ गर्ने र २६ जनवरी २०२२ मा सिनेमाघरमा रिलिज गर्ने निर्णय गरेका छन्।

त्रिविक्रम श्रीनिवासद्वारा निर्देशित यो फिल्म २०२० मा हलमा रिलिज भएको थियो । यो फिल्म साउथको सबैभन्दा ठूलो ब्लकबस्टर साबित भएको थियो। फिल्ममा अल्लुसँगै पूजा हेग्डे, तब्बुलगायतले अभिनय गरेका छन्। तेलगु भाषामा बनाइएको यो फिल्ममा १०० करोड भारतीय रुपैयाँ लगानी रहेको थियो।

फिल्मले २ सय ५० करोडभन्दा बढी व्यापार गरिसकेको छ। अब हिन्दी भर्सनमा पनि आउने भएपछि यसको कमाइ निकै बढ्ने निर्माताहरूले बताएका छन्। फिल्मलाई त्रिविक्रम श्रीनिवासले बनाएका हुन्। फिल्म पनि उनैले लेखेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved