माई-पेबाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

नेपालभ्युज

माई-पेबाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं। माई-पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ। यस सुविधाअन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई-पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम् १ हजार रुपैयाँ र न्यूनतम ५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।

कम्पनीकाअनुसार यस क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको दाबी गरेको छ। हाल यस वालेटमार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र सोभन्दा बढीको टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ।

साथै हरेक दिन माई-पे मार्फत टिकट बुकिङ गर्नेमध्ये भाग्यशाली ३ ग्राहकले अतिरिक्त १० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ।

यसैगरी वालेटमार्फत अन्य जुनसुकै पहिलो भुक्तानी कारोबार गर्दा २५ प्रतिशत अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने जानकारी कम्पनीले दिएको छ।


Comment

One thought on “माई-पेबाट हवाई टिकट बुकिङ गर्दा १ हजारसम्म क्यासब्याक

Leave a Reply to best place to buy cialis online Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved