युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित

नेपालभ्युज

युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित

एजेन्सी। युरोपेली संसदको अध्यक्षमा माल्टाकी रोबर्ट मेट्सोला निर्वाचित भएकी छन्। पुरातनवादी विचारधारा राजनीतिज्ञका रुपमा चिनिएका मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन्।

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि रिक्त पदमा मेट्सोला निर्वाचित भएकी हुन्।

युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए। ४३ वर्षीया मेट्सोलाले सबैभन्दा कम उमेरमा युरोपेली संसदको अध्यक्ष चुनिने इतिहास समेत बनाएकी छिन्। उनी यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved