विश्व नम्बर एक प्रिन्सलाई पिनाकल कलेजको सम्मान

नेपालभ्युज

विश्व नम्बर एक प्रिन्सलाई पिनाकल कलेजको सम्मान

काठमाडौं । जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ। प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन्।

मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।

कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रबृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दि । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै तिवारीले प्रिन्सकै सम्मानमा कलेजले क्याम्परस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेका छन्।

हिसानका अध्यक्ष सिलवालले पढाइलाई पनि उत्तिकै प्राथमिकतामा राख्न प्रिन्सलाई सुझाव दिए। विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गरेको विश्व वरीयतामा १८ वर्षीय प्रिन्स शीर्ष स्थानमा पुगेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved