नयाँ वर्ष २०७९ को पात्रो

दशैंको टीका १९ असोजमा, १० कात्तिकमा भाइटीका

नेपालभ्युज

दशैंको टीका १९ असोजमा, १० कात्तिकमा भाइटीका

काठमाडौं। पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रोअनुसार आगामी वर्ष २०७९ मा १९ असोजमा विजयादशमी परेकाे छ। यस्तै  १० कात्तिकमा भाइटीका परेको समितिले जनाएको छ।

समितिकाअनुसार यो वर्ष ३१ ओटा मात्र बिहेका लगन परेकोमा आगामी वर्ष विवाहका ५६ ओटा लगन परेका छन्।

विसं २०७९ का लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई आज स्वीकृति गरेको हो।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved