अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अष्ट्रेलियामा सबैभन्दा धेरै कोरोना संक्रमित नागरिक न्यू साउथ वेल्सका रहेका छन्। न्यू साउथ वेल्समा मात्रै गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ।

नेपालभ्युज

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

एजेन्सी। अष्ट्रेलियामा कोरोना संक्रमणबाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ। अष्ट्रेलियामा कोरोना संक्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ।

अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या त्यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो। मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको बताइएको छ।

त्यसैगरी अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन्।

अष्ट्रेलियामा सबैभन्दा धेरै कोरोना संक्रमित नागरिक न्यू साउथ वेल्सका रहेका छन्। न्यू साउथ वेल्समा मात्रै गएको २४ घन्टामा ३६ जनाको ज्यान गएको छ।

त्यसैगरी, भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ। ती राज्यहरुमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ।

अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड संक्रमण बढ्दो देखिएको छ। यहाँ संक्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved