भारतको पञ्जाबमा चुनाव सर्‍यो, २० फेब्रुअरीमा मतदान हुने

नेपालभ्युज

भारतको पञ्जाबमा चुनाव सर्‍यो, २० फेब्रुअरीमा मतदान हुने

एजेन्सी। भारतको केन्द्रीय चुनाव आयोगले सोमबार पञ्जाब विधानसभा चुनावको मिति सारेको छ। अब यस राज्यमा १४ फेब्रुअरीको साटो २० फेब्रुअरीमा मतदान हुनेछ।

राज्यको सत्तारूढ़ पार्टी कांग्रेस र भाजपासहित धेरै दलहरूले मतदान मिति सार्न आयोगसँग माग गरेका थिए। पञ्जाबबाट रविदास जयन्तीका अवसरमा धेरै श्रद्धालुहरू वनारस जाने गर्छन्। यसपटक १६ फेब्रुअरीमा रविदास जयन्ती परेको छ।

यस जयन्तीको पूर्वसन्ध्या अर्थात् १४ फेब्रुअरीमा चुनाव राख्दा धेरै मानिसहरू मताधिकार प्रयोग गर्नबाट वन्चित हुने दलहरूको तर्क थियो। यही मागलाई ध्यानमा राखेर मिति परिवर्तन गरिएको हो। यस क्रममा आयोगले नामांकनको मितिमा पनि बदलाव गरेको छ।

२५ जनवरीमा अधिसूचना जारी गरिनेछ। नामांकनको अन्तिम मिति ०१ फेब्रुअरी र मत पत्रहरूको जाँच २ फेबु्रअरी हुनेछ। नामांकन फिर्ता लिने अन्तिम मिति ०४ फेब्रुअरी फऱवरी तय गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved