संगीतको उपहास : तालिबानले बाजा जलाएपछि धुरूधुरू रोए संगीतकार
नेपालभ्युज
प्रतिकात्मक तस्वीर।
एजेन्सी। अफगानिस्तानमा सत्ता सम्हालेपछि तालिबानले विभिन्न प्रतिबन्धहरू लगाएको छ। अफगानिस्तानको पक्तिया प्रान्तमा एक संगीतकारसामू नै सडकमा उनको बाजा जलाइएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा ती संगीतकार रोइरहेका देखिन्छन्।
अफगानिस्तानका वरिष्ठ पत्रकार अब्दुल हक ओमेरीले सामाजिक सञ्जालमार्फत यो भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा बन्दूकधारीहरू संगीतकारको भावनालाई उपहास गर्दै हाँसिरहेको स्पष्ट देख्न सकिन्छ।
अफगानिस्तानले सत्ता हात परेयता तालिबानले त्यहाँको सामाजिक जीवनमा धेरैखाले प्रतिबन्धहरू लगाएको घोषणा गरिसकेको छ। अफगानिस्तानका टिभी च्यानलहरू, नाटकहरू आदिमा महिलाहरूको भूमिका समाप्त गर्ने निर्देश पनि दिइएको छ। तालिबानले अफगानिस्तानको हेरात प्रान्तमा लुगा पसलहरूमा झुन्ड्याइएका डमीको टाउको काट्न निर्देशन दिएको छ।
Facebook Comment
Comment