एजेन्सी। कोरोना भाइरस संक्रमणको तेस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ। अवस्था दिनप्रतिदिन बिग्रदैं छ। यस्तो अवस्थामा महामारीबाट बच्नका लागि रोग प्रतिरोधी क्षमता बलियो बनाउन आवश्यक छ। मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी छ।
प्रतिरोधी क्षमता बढाउनका लागि सेवन गर्नुपर्ने केही खानेकुरा यस्तो छन्।
– पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस्।
– इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस्।
– धेरैजसो बिरामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन्। यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ। खानमा आँपको धुलो प्रयोग गर्नुस्। यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ।
– कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस्।
– प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बिजहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ।
– बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस्।
Facebook Comment
Comment