उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित

नेपालभ्युज

उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्री निर्वाचित

एजेन्सी।   उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ। ससंद् बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित भएको समाचारमा जनाएको छ।

दलहरुको नयाँ गठवन्धन बनेपछि गठवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनलाघ बहुमत प्राप्त भएको हो । उनले संसदमा भएका कुल १२० सांसद मध्ये गठवन्धन अन्तर्गतका दलहरुका ६२ सांसदले मतदान गरेका थिए।

उनका विरुद्धमा ४६ सांसदले मतदान गरेका थिए। नेता कोभासेभास्कीलाई गत डिसेम्बर ३० मा राष्ट्रपति स्टेभो पेन्डारोभास्कीले बहुमत जुटाउने जिम्मेबारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved