पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज लगाइदैं

नेपालभ्युज

पत्रकार महासंघ ललितपुर शाखाका सदस्यलाई बुस्टर डोज लगाइदैं

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखामा आवद्ध सदस्यलाई मङ्गलबार कोरोना बिरुद्ध बुस्टर खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालयको सहयोग तथा सो शाखाको संयोजनमा भोलि कोरोनाविरुद्धको तेस्रो खोप दिन लागिएको हो।

पुल्चोकस्थित नेपाल परिवार नियोजन सङ्घको केन्द्रीय कार्यालयमा भोलि बिहान ९ बजेदेखि लगाउन थालिने शाखाका सचिव रामहरि कार्कीले बताउनुभयो। उनले भने, “खोप लगाउन आउँदा महासङ्घले जारी गरेको परिचयपत्रका साथै यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबै सदस्यलाई अनिवार्य साथमा लिएर आउन अनुरोध गरिएको छ।”  सो खोप लगभग दुई सय पत्रकारले लगाउने अपेक्षा गरिएको सचिव कार्कीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved