चीनमा जन्मदर ७२ वर्ष यताकै कम

नेपालभ्युज

चीनमा जन्मदर ७२ वर्ष यताकै कम

एजेन्सी। सन् २०२१ मा चीनको जन्मदर घटेको छ। चीनको राष्ट्रिय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा १ हजार व्यक्तिमा ८ दशमलव ५२ दर रहेकोमा सन् २०२१ मा उक्त दर ७ दशमलव ५२ मा झरेको छ।

विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड शुरु भएयताकै यो तथ्यांक सबैभन्दा कम हो।सन् २०२१ मा, देशले एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ। यससँगै चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ।

विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीका कारण यसले आर्थिक वृद्धि प्रभावित बन्ने चेतावनी दिएका छन्।

एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअनुसार चीनको जनसंख्या सन् १९६० पछि सबैभन्दा कम दरमा बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved