नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण

नेपालभ्युज

नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं। नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी  प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सहायता सामग्री हस्तान्तरण गरेकी हुन्।

नेपाली टोली  सहयोग लिएर आइतबार काबुल पुगेको थियो।  नेपालले नौ हजार ७ सय १५ किलो खाना र लत्ताकपडासहितको राहत सामग्री अफगानिस्तानलाई सहयोग गरेको हो।

परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए। लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली काबुल पुगेको थियो।

तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा मुद्राको भाउ निरन्तर घट्दो छ। डलरको तुलनामा यहाँको मुद्रा झन्डै २५ प्रतिशतले अवमूल्यन छ। जसकारण, निम्तिएको आर्थिक संकटका कारण गरिबी र भोकमरीको जोखिम बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved