सुर्खेतमा ‘स्मार्ट लकडाउन’ शुरु

नेपालभ्युज

सुर्खेतमा ‘स्मार्ट लकडाउन’ शुरु

वीरेन्द्रनगर। सुर्खेतमा शनिबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु भएको जनाएको छ।

कार्यालयको आदेशअनुसार अब २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ गतेदेखि खोप कार्ड देखाउनुपर्नेसमेत भनिएको छ।

यस्तै, कार्यक्रम सञ्चालन गर्नका लागि प्रशासनको अनुमति लिनुपर्ने, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, सुरक्षा मापदण्ड अपनाई परीक्षा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved