टोंगामा ज्वालामुखी बिस्फोटपछि सुनामी, आकाशबाट धुँवा खस्यो

नेपालभ्युज

टोंगामा ज्वालामुखी बिस्फोटपछि सुनामी, आकाशबाट धुँवा खस्यो

एजेन्सी। प्यासिफिक देश टोंगा आइल्यान्डमा शनिबार समून्द्रभित्रबाट ज्वालामुखी बिस्फोट भएको छ। बिस्फोटका कारण सिर्जित सुनामीको लहरका कारण चर्च र धेरै घरहरू डुबानमा परेको सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्विरहरूमा देखिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार राजधानी नुकु अलोफामा आकाशबाट धुवाँ र साना ढुंगाहरू वर्सिरहेको छ।

राजधानी नुकु अलोफा ज्वालामुखी बिस्फोट भएको क्षेत्रबाट केवल ६५ किलोमिटर उत्तरतर्फ छ । टोंगाका एक स्थानीयका अनुसार ज्वालामुखी बिस्फोट हुँदा बम पड्किएजस्तो आवाज आएको थियो ।‘हाम्रो परिवार डिनरको तयारीमा थियो र मेरो सानो भाईले नजिकै बम पड्किएको ठान्यो,’मेरे तोउफाले भनिन्।

घटनाको क्षतिको यकिन विवरण आइसकेको छैन। ज्वालामुखी बिस्फोटपछि न्युजिल्यान्डमा पनि सुनामी आउनसक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।

बिस्फोटको २० मिनेटपछि टोंगामा सुनामी आएको छ। सरकारले समूद्रबाट टाढा भाग्न जनतालाई आग्रह गरेको छ। शनिबार स्थानीय समयअनुसार साँझ ५ बजेर १० मिनेट जाँदा ज्वालामुखी बिस्फोट भएको हो। यसको २० मिनेटभित्र सडक, घर र भवनहरूसम्म सुनामी आइसकेको थियो।

यस घटनालगत्तै टोंगामा हवाई सेवा बन्द गरिएको छ। टोंगा एक प्यासाफिक देश हो। यो संवैधानिक राजतन्त्रात्मक देश १ सय ६९ वटा समून्द्री टापूहरु मिलेर बनेको छ। जसमध्ये ३६ वटा टापूमा मानिसको बसोवास छ । यसको कुल जनसंख्या १ लाख माथि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved