लिपुलेकबारे बोल्यो कांग्रेस : भारतले सडक निर्माण बन्द गर्नुपर्छ, सेना फिर्ता हुनुपर्छ (विज्ञप्तिसहित)

नेपालभ्युज

लिपुलेकबारे बोल्यो कांग्रेस : भारतले सडक निर्माण बन्द गर्नुपर्छ, सेना फिर्ता हुनुपर्छ (विज्ञप्तिसहित)

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमीमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक रहेको जनाएको छ। कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विज्ञप्ति जारी गर्दै सडक निर्माण तत्काल रोकिनुपर्ने बताएका छन्। नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालकै भोगाधिकार हुनुपर्ने विषयमा कांग्रेस प्रस्ट रहेको विज्ञप्तिमा उल्लेख छ। कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि कांग्रेसले जनाएको छ।

कांग्रेसले १८१६ को सुगौली सन्धीको दस्तावेजका आधारमा सीमा सम्बन्धी प्रश्नको हल खोजिनुपर्ने पनि बताएको छ।

‘‘नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनैतिकि संवादबाट समाधानमा पुग्नेगरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’’ विज्ञप्तिमा भनिएको छ,‘‘दुई छिमेकी राष्ट्रसँग नेपालको पुरानो र एतिहासिक सम्बन्ध रहि आएको छ। यस अर्थमा सीमा सम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ।’’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ डिसेम्बरमा आयोजित एक कार्यक्रममा लिपुलेकमा ग्रामिण सडक बिस्तारको क्रम जारी रहेको बताएका थिए।

यस्तो छ विज्ञप्ति :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved