महामारी फैलिन नदिन भक्तपुर नगरपालिकाको सात निर्णय

नेपालभ्युज

महामारी फैलिन नदिन भक्तपुर नगरपालिकाको सात निर्णय

भक्तपुर। भक्तपुर नगरपालिकास्तरीय विपद् व्यवस्थापन केन्द्र (सीएमसी)ले विद्यालय-कलेजलगायत शैक्षिक संस्थाहरूमा वैकल्पिक विधिद्वारा कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ।

भक्तपुर नगरपालिकास्तरीय विपद् व्यवस्थापन केन्द्र (सीएमसी) को आज बसेको बैठकले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम र नियन्त्रण गर्न विद्यालयमा वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न निर्देशन दिने लगायत सात वटा निर्णय गरेको हो।

त्यस्तै बैठकले परम्परादेखि चलिआएका महत्वपूर्ण चाड, पर्व, मेलालगायत संस्कृतिसँग सम्बन्धित गतिविधिहरू सामान्य औपचारिकतामा मात्र सीमित गर्न नगरबासीहरूमा अनुरोध समेत गर्ने निर्णय गरेको छ। साथै घर बाहिर निस्कँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सूचना प्रकाशन तथा प्रसारण गरी नगरबासीहरूमा अनुरोध गर्ने निर्णयसमेत गरेको छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट तयारी अवस्थामा राख्ने र नगरवासीलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्रीहरूको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने समेत निर्णय गरेको छ।

बैठकमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अक्सिजन प्लान्ट सञ्चालनमा रहनुका साथै ख्वप अस्पताल कोभिड युनिटमा ५० वटा साधारण शैय्या, २५ एचडीयू गरी ७५ शैय्या तयारी अवस्थामा रहेको बताए। उनले भने, “कोरोनाको दोस्रो लहरको बेला पूर्वतयारी नहुँदा देशले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर सबै मिलेर कोरोनालाई जित्न सकिन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved