एजेन्सी। कुनै समयका स्टार बलिउड अभिनेता गोविन्दाकाे नयाँ फिल्म नआएको धेरै भयो। उनले आफ्नो यूट्यूब च्यानल गोविन्दा रोयल्समा नयॉं गीत ‘हेलो’ रिलीज गरेका छन्, जसमा उनले पुरानै अन्दाजमा डान्स गरेको देखिन्छ।
भिडियोमा उनको साथमा अभिनेत्री निशा शर्माले पनि डान्स गरिरहेको देख्न सकिन्छ। गोविन्दाले आफ्नो इन्स्टाग्राममा पनि गीतको लिंक शेयर गरेका छन्। प्रशंसकहरूले गोविन्दाको यस म्यूजिक भिडियो मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
‘हेलो’ भन्दा पहिला गोविन्दाले दुईवटा गीत जारी गरेका थिए। ” टिप टिप पानी बरसा” र” चश्मा चढ़ा के..” बोलका यी गीतले पनि राम्रै प्रतिक्रिया पाएको थियो। पछिल्लो दुई म्यूजिक भिडियो जसरी नै तेस्रो गीत पनि उनी आफैले निर्देशन गरेका हुन्। गीतको शब्द उनले रोहितराज सिन्हासित मिलेर लेखेका हुन्।
Facebook Comment
Comment